नेभिगेशन
समाज विविध

इलामको कनकाई र मैनाचुली क्षेत्रमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  इलाम जिल्लाको कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ । 


जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान एक सूचना जारी गर्दै जल सतह अझै बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ । 

विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध