नेभिगेशन
राजनीति

एमाले पोलिटब्युरो बैठक : ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित

काठमाडौं- नेकपा (एमाले)को पोलिटब्युरो बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा बैठकमा ६८ जना पोलिटब्युरो सदस्यले आ–आफ्नो धारणा राखेका थिए । बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी बनाउने निर्णय गरेको छ ।

बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताको विषयमा पनि छलफल भएको तर यसमा कुनै ठोस निर्णय नभएको गौतमले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति