नेभिगेशन
राजनीति

रास्वपा प्रदेशसभा खारेजीको पक्षमा, संघमा १५ मन्त्रालय राख्नुपर्ने झाको प्रस्ताव

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आफ्नो पार्टी प्रदेशसभा खारेजीको पक्षमा रहेको बताएका छन् । यद्धपी प्रदेश भने राख्नुपर्ने उनको मत छ । यस्तै केन्द्र सरकारमा पनि मन्त्रालयहरुको संख्या धेरै भएको उनको भनाई छ । संघमा जम्मा १५ वटा मन्त्रालय राख्नुपर्ने उनले सुनाए ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने,‘प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । कोसीमा १३७, मधेशमा १३६ पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्छ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ। अहिले त एक अर्काले चिन्ने चाहँदैन, बुझ्नै चाहँदैन। यसरी हामीले हाम्रो योजना र नीतिहरूको व्याख्या गर्न सक्नुपर्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति