नेभिगेशन
समाज विविध

२३२ यात्रु, १२ विमान कर्मचारी बोकेर लन्डन उडेको थियो एयर इन्डिया, निमेषमै खस्यो

काठमाडौं– पश्चिम भारतको अहमदाबादमा लन्डनका लागि उडेको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको छ।

एयर इन्डियाका अनुसार अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने एआई१७१ उडान खसेको हो। उडेको केही निमेषमा नै विमान खसेको हो। 

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुखले एपीलाई बताएअनुसार विमानमा २३२ यात्रु र १२ जना चालक दलका सदस्य थिए।

ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले विमानबाट अन्तिम संकेत ‘उडान उडेको केही सेकेन्ड पछि’ ६२५ फिट (१९० मिटर) मा प्राप्त भएको बताएको छ।
यो विमान दुर्घटनापछि गुजरातबाट उड्ने सबै जहाज रोकिएका छन्।

दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध