नेभिगेशन
राजनीति

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताए । उनले नेपाल आयातको भरमा टिकेको भन्ददै गुणस्तरमा जानुपर्ने बताए ।

उनले भने, ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो । त्यसैले व्यापारीहरु व्यापार गर्नुस्, उद्योगीहरु उद्योग खोल्नुस्, के के सहयोग चाहिएको हो हामी सहयोग गर्छौं । हाम्रो देश ठूला दुई देशको बीचमा छ । त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ ।’

महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनलाई प्राथमिकता राखेको बताए । उनले कांग्रेस र एमालेले संविधान संशोधन, सुशासन र नेपालको अर्थतन्त्र सुधारको लागि जोखिम उठाउने सम्झौता गरेर सरकार बनाएको बताए ।

उनले भने, ‘हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं भन्ने वाचा थियौं । त्यही अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौँ । त्यो सामान्य जोखिम हो, त्यो भन्दा ठूलो जोखिम उठाउनुपर्नेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित