नेभिगेशन
समाज विविध

एमाले मधेश प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्रकुमार ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भवन निर्माणमा अनियमितताको आरोपमा ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुर धनुषा ३ (२) बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेता हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध