नेभिगेशन
राजनीति

सांसदलाई कांग्रेसको ह्वीप, यसअघि एमालेले दिइसकेको छ

काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यलाई ह्वीप जारी गरिएको छ। 

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्नका लागि ह्वीप जारी गरिएको हो। 

आर्थिक वर्ष २०८२/८३ को सरकारको  वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।  

‘वैशाख २८ गते ११ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गरिने हुँदा अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले कांग्रेस सांसदहरूलाई पठाएको म्यासेजमा उल्लेख छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो।

यसअघि नेकपा एमालेले पनि आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ। ह्वीपसँगै नीति तथा कार्यक्रम पारित हुने पक्कापक्की बनेको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति