आजको तस्बिर– मध्यपुर थिमि चपाचोमा थिमिमा करिब ३२ वर्ष पछि भैलः नाच प्रदर्शन गर्दै । गाइजात्राको भोलि पल्टदेखि चार दिनसम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, इनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा प्रदर्शन गरिन्छ । भैलः नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरी पाँच कलाकार हुन्छ । तस्बिरहरु : रत्न श्रेष्ठ/रासस





