नेभिगेशन
अर्थ विविध

प्रदेश र स्थानीय तहलाई कति रकम दियो अर्थमन्त्रालयले ?

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्थानीय तह र प्रदेशलाई दिने विभिन्न प्रकारको अनुदान रकमको घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा दिएको जानकारी अनुसार आगामी आर्थिक वर्षमा सरकारले प्रदेशलाई ५८ अर्ब ६७ करोड रुपैयाँ ८७ अर्ब ३५ करोड रुपैयाँ विशेष अनुदान दिने भएको छ ।

यस्तै सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड रुपैयाँ तथा स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड रुपैयाँ दिन बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. महतले दिएको जानकारी अनुसार समपुरक अनुदानमा प्रदेशलाई ६ अर्ब २२ करोड रुपैयाँ तथा स्थानीय तहलाई ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध