नेभिगेशन
अर्थ विविध

बजेट पारित गर्न २ बजे मन्त्रिपरिषद बैठक बस्दै 

काठमाडौँ– सरकारले आज आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्ने कार्यक्रम छ । आज दिउसो ४ बजे सुरु हुने दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दैछन् ।

सो बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनको लागि नै आज मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. महतले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बजेटबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध