पत्रकार पौडेललाई ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ 

बुधबार, चैत १५, २०७९

काठमाडौँ– रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मात्रिका पौडेलाई दिने निर्णय गरेको छ ।

क्लबको पुरस्कार छनौट समितिको आज बसेको बैठकले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको हो ।  

आगामी चैत्र १७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा मनाइने २५औं वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट प्रदान गरिने क्लबले जानकारी दिएको छ । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँको रहेको छ ।

पौडेलले २०५४ साल बैशाख ४ बाट पत्रकारितामा सक्रिय रहेका सम्पादक पौडेलले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल हाल सो संस्थाका सल्लाहकार हुन् । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्