नेभिगेशन
समाज विविध

होलीसँगै मनाइयो टोमाटिनो

काठमाडौँ– स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिभल नेपालमा पनि होली पर्वसँगै आयोजना गरिएको छ ।

गोलभेँडामाथि खेलेर र गोलभेँडा प्रहार गरेर काठमाडौँमा ला टोमाटिनो फेस्टिभल आयोजना गरिएको हो ।

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त फेस्टिभल आयोजना गरेको जनाएको छ ।

नेपाललाई सधैँ पर्यटन सिजनका रूपमा विकास गर्नुपर्ने भन्दै होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिभल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध