नाजिर र कविता अभिनित ‘मायामा यस्तो किन ?’ भिडियो सार्वजनिक

बुधबार, माघ २५, २०७९

काठमाडौँ –अभिनेता नाजिर हुसेन र कविता राया अभिनित  म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ रिलिज भएको छ । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ । 

सार्वजनिक गरिएको भिडियोमा अभिनेता नाजिर भिन्न लुक्समा कवितासँग रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । फिल्मी शैलीमा तयारी पारिएको भिडियोको गीतको शब्द, रचना तथा संगीत नरेश जोगीले तयार पारेका हुन् । 

गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वयं कोरियोग्राफी गरेका छन् । 

पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन र कलर तथा सम्पादनको जिम्मेवारी मिलन विश्वकर्माले सम्हालेका छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार