फ्रेण्ड्सको प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

बुधबार, माघ २५, २०७९

काठमाडौँ –‘ए डिभिजन’को फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले थ्रीस्टारका पूर्व प्रशिक्षक उर्जन श्रेष्ठलाई नयाँ सिजनका लागि क्लबमा ल्याएको हो ।

यसअघि उनी ए डिभिजन लिगमा थ्रीस्टारलाई प्रशिक्षण दिएका थिए । थ्रीस्टारले भने नयाँ सिजनका लागि मेघराज केसीलाई नियुक्त गरिसकेको छ ।

उर्जनले साफ यू–१७ च्याम्पियनसिपमा नेपाली यू–१७ राष्ट्रिय टिम सम्हालेका थिए ।

फागुन १९ गतेदेखि सुरु हुनेछ ए डिभिजन लिगमा फ्रेण्ड्सले उद्घाटन खेलमै नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्