चिल्ड्रेन फिल्म फेस्टिभल हुने

बुधबार, माघ २५, २०७९

काठमाडौँ –चिल्ड्रेन फिल्म फेस्टिभल २०२३ हुने भएको छ । नेपाल चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा चिल्ड्रेन फिल्म फेस्टिभल २०२३ आयोजना हुन लागेको हो ।  

बोर्ड र काउन्सिलको सहयोगमा ‘बाल चलचित्र समिति’ले आयोजना गरेको ‘बाल चलचित्र प्रतियोगिता’मा छनोट भएका १० वटा फिल्मलाई फेस्टिभलमा सहभागी गराइने छ ।

‘ओपन कल’बाट गरी प्राप्त भएका ४० वटा फिल्ममध्ये १० वटा मात्र छनोट भएको बोर्डले जनाएको छ । यस्तै ‘क्यामेरा सिक’ अन्तर्गत ७ वटै प्रदेशबाट छनोट भएका २८ जनामध्ये १६ जना १८ वर्ष मुनिकालाई प्रशिक्षण दिएर जनही ५० हजार रुपैयाँ प्रदान गरी फिल्म बनाउन लगाइएको हो ।

१० वटा फिल्महरूलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढी लाइक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने १ फिल्मलाई नगदबाट पुरस्कृत गरिने र यसका लागि बुधबार साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

नेपाली बालबालिकाहरुलाई फिल्म साक्षरता दिने, उनीहरूलाई फिल्मप्रति आकर्षित गराउने उद्देश्यसहित सन् २०१९ बाट ब्रिटिस काउन्सिल र युकेको इन्टु फिल्मसँगको सहकार्यमा ‘क्यामेरा सिक’ कार्यक्रम सुरु भएको हो । बोर्डबाट २०७९ मंसिरमा विधिवत रुपमा बाल चलचित्र समिति गठन गरिएको समितिका सचिव तथा बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्