‘कांतारा’ को प्रिक्वेल बन्दै

बुधबार, माघ २५, २०७९

काठमाडौँ– दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीद्वारा अभिनित तथा निर्देशित फिल्म ‘कांतारा’को प्रिक्वेल बन्ने भएको छ ।

भारतीय बक्सअफिसमा १५० करोड रुपैयाँ संकलन गरेको यो फिल्मले प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा ऋषभले प्रिक्वेल निर्माणको घोषणा गर्दै सन् २०२४ मा रिलिज हुने जानकारी दिएका छन् । हाल स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिए ।

‘कांतारा’ दोस्रो भाग भएको जानकारी दिँदै उनले अर्को वर्ष पहिलो भाग आउने बताएका छन् ।

गत ३० सेप्टेम्बरमा रिलिज भएको फिल्मले सुरुवाती दिनमा बक्सअफिसमा अत्यन्त कमजोर व्यापार गरेको थियो । तर, पछि फिल्मले आफ्नो रफ्तार पकड्यो ।

कन्नड भाषामा बनेको यस फिल्मको सानदार कमाईपछि १४ अक्टोबरबाट हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज गरिएको थियो । आइएमडिबीमा फिल्मलाई ९.१ को रेटिङ मिलेको छ, जुन उच्च रेटिङ हो ।


 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्