प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता 

बुधबार, माघ २५, २०७९

काठमडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ ।

अध्यक्ष ओलीसँग भेटनका लागि प्रधानमन्त्री दाहाल बालकाेट पुगेका छन् । 

राष्ट्रपतिकाे निर्वाचन मिति नजिकिन लाग्दा २ नेताबीचकाे भेटघाट बाक्लिन थालेकाे छ ।

आज सुदूरपश्चिम सरकारले विस्वासकाे मत लिँदै छ भने लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । 

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने आशंकामा ओली छन् । मंगलबार ओलीले बालुवाटार पुगेर प्रचण्डसँग कुराकानी गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्