राष्ट्रियसभा सदस्यकाे उपनिर्वाचन आज 

बुधबार, माघ २५, २०७९

काठमाडौँ – राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा उपनिर्वाचन हुँदै छ । 

बुधबार विहान १० बजेदेनि ३ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने छ । मतदान घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने छ ।

राष्ट्रियसभा सदस्य १ पदको निर्वाचनमा सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र नेपाली काँग्रेसबाट गरी ३ जना उम्मेदवार रहेका छन् । 

उपनिर्वाचनको लागि सत्तारूढ एमालेबाट रोल्पाका कुमार दसौदी, काँग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय मैदानमा छन्।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो। उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्