रवि लामिछानेकाे नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै उजुरी

बुधबार, माघ २५, २०७९

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै उजुरी परेकाे छ । 

जिल्ला निर्वाचन कार्यालयमा अधिवक्ता अनुपम भट्टरार्इले लामिछानेकाे नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै उजुरी दिएका हुन् ।

उनले मतदाता नियमावली एेन २७३ काे दफा १८ (२) बमाेजिम लामिछानेकाे नाम हटाउन माग गरेकाे बताएका छन् । 

भट्टरार्इले पुरानाे नागरिकताकाे आधारमा लिएकाे मतदाता परिचय पत्र रद्ध गरिदिन माग गरेका हुन् । 

हालै लामिछानेकाे पुरानाे नागरिकताकाे आधारमा भएकाे सांसद पद र गृहमन्त्रीसमेत गुमिसकेकाे छ । 

213443_MCqWLCeK6H1675818837.jpg

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्