छैटौँ केएनपी नेरोल्याक भलिबल : नेपाल प्रहरी तेस्रो

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब छैटौँ केएनपी नेरोल्याक राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार भएको तेस्रो स्थानका लागि भएकाे खेलमा पुलिस क्लबले आर्मीलाई सोझो सेटमा पाखा लगाएको हो । 

पुलिस क्लबले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो । तेस्रो भएसँगै पुलिस क्लबले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।  

प्रतियोगिताको उपाधि भिडन्तका लागि आजै नेपाल एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्टस् एकेडेमी भिड्ने छन् ।

एपिएफ प्रतियोगिताको अहिलेसम्मको सबै संस्करणको उपाधि विजेता हो । डायमन्ड भने पहिलो पटक फाइनल पुगेको हो । 

प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फका विजेताले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन् । उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्