साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै

मंगलबार, माघ २४, २०७९

काठमाडौँ – साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । 

पहिलो खेलमा बंगलादेशसँग हार बेहोरेको नेपालले भुटानमाथि ४–० गोलको जितका साथ पुनरागमन गरेको थियो । भुटानविरुद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् ।

बंगलादेशको ढाकामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुने छ ।

२ खेलबाट ३ अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ । भारत जारी प्रतियोगितामा अपराजित छ ।

पहिलो खेलमा भारतले भुटानलाई १२–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । ४ अंकसाथ भारत शीर्ष स्थानमा छ ।

समान अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । बंगलादेशले मंगलबार नै भुटानसँग खेल्ने छ । राउन्ड रोविन लिगका यी अन्तिम खेलले फाइनल पुग्ने २ टमको टुंगो लाग्नेछ ।

नेपाललाई उपाधि नजिक पुग्न भारतलाई पराजित गर्नुपर्ने छ । भारतलाई फाइनल पुग्न १ अंक पर्याप्त छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्