जन्मदिनकाे उपहार एउटा चिट्ठाले ५ अर्ब रुपैयाँ जिताएपछि...

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– भगवानले जब दिन्छन् छत फुटाएर दिनछन् भन्ने गरिन्छ । कसैले पनि एउटा चिट्टाबाट अर्बौ रुपैयाँ कमाउँछु भन्ने अपेक्षा गरेको हुँदैन । 

तर क्यानडाकी एक १८ वर्षे युवतीलाई भने चिट्ठा पनि यस्तो प¥यो कि सबै सुखभोगका सामान किनेर पनि जीवन चलाउन पैसा बचत हुन्छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्याममा प्रकाशित समाचार अनुसार गत जनवरी ७ तारिकमा उनको जन्म दिन थियो । जन्म दिनको दिन उनी हजुरबुबासँगै बजार गएकी थिइन् । सुपरमार्केटमा गएर के किन्ने भन्ने अन्यौल पश्चात उनले हजुरबुबाको सल्लाहमा चिट्ठा किनिन् । 

क्यानडाको ओन्टोरियोकी जुलियटले आफूले किनेको चिट्ठाका बारेमा बिर्सेकी थिइन् । उनको क्षेत्रमा कसैले चिट्ठा जितेको खबर सार्वजनिक हुन्छ । त्यसपछि उनले आफ्नो एपमा गएर चिट्ठा किनेको हेर्छिन् । 

उनले नै त्यो चिट्ठा जितेकी रहिछिन् । त्यसपछि उनले टेकेको जमिन नै भासिको जस्तो अनुभव भएको सञ्चारमाध्यामलाई बताएकी छन् । उनले ४८ मिलियन क्यानडियन डलर जितेकी हुन् । 

राष्ट्र बैंकको आजको विनिमय दर अनुसार उनले ४ अर्ब ७२ करोड ५८ लाख ३५ हजार बढी हुन्छ । अर्बौको चिट्ठाले जुलियटको भविष्य परिवर्तन गरिदिएको छ । तर, उनी बुबाको सहयोगमा प्राप्त पैसालाई लगानी गरेर आफू डाक्टर पढ्ने बताउँछिन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार