सुगाले मालिकलाई करोड बढी जरिवाना तिराएपछि...

मंगलबार, माघ २४, २०७९

काठमाडौँ – घरमा जनावर पाल्ने धेरैकोइच्छा हुन्छ । कतिले घरमा कुकुर, बिरालो पाल्छन् भने कतिले पंक्षी पाल्नेगरेको पाइन्छ ।

पंक्षीमा पनि धेरैले सुगा पाल्ने गर्छन् । यस्तै, सुगा पालेको एक व्यक्तिले नसोचेको घटना व्यहोर्नु परेको छ । 

घटना ताइवानको हो । सुगाको मालिकलाइ आफू जेल जानु पर्छ भन्ने कुनै पनि शंका थिएन । उसले पालेको सुगा यस्तो बद्मास थियो कि उसको कारण मालिकले जेलको हावा खानु पर्याे र ७५ लाख जरिवाना पनि तिर्नु पर्याे । 

यस्तो थियो घटना, 

ताइवानको तैनन नाम गरेको ठाउँमा हुआंग नाम गरेको व्यक्ति बस्थे । उनले आफूले पालेको सुगा आफूसँगै लिएर पार्कमा गएको थियो । आफू पनि एक्ससाइज गर्ने र सुगा पनि अलिअलि उडोस भन्ने उसको अपेक्षा थियो । तर, सुगाले अर्काे एक व्यक्तिलाइर् आफ्नो प्वाँखले यसरी हान्यो कि त्यो व्यक्ति अस्पताल नै भर्ना हुनु पर्याे । 

सुगाको हनाइले उसको हिपको ज्वाइन्ट खलबलियो र हाड पनि भाँचियो । त्यसको उपचारको लागि ७ महिना अस्पतालमा राख्नुपर्याे र सुगा मालिकले १ करोड २० लाख जरिवाना तिर्नु परेको थियो ।

४० सेन्टिमिटर लामो र ६० सेन्टिमिटर पखेटा भएको सुगाको यस्तो कार्यका कारण मालिकले नेपाली १ करोड २० लाख जरिवाना तिर्नुपरेको थियो भने अदालतमा मुद्दा परेको थियो । अदालतले यो सुगाको मालिकको लापरवाही हो भनेर स्वीकार गर्यो। यस्तो अवस्थामा उनलाई ३.०४ मिलियन नयाँ ताइवान डलर अर्थात १ करोड २० लाख जरिवाना तिर्न र २ महिना जेल बस्ने सजाय सुनाइएको छ । यतिबेला सुगाका मालिक आफूलाई अति नै लागेपछि उक्त निर्णयविरुद्ध पुनरावेदन गर्न लागेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्