निरमायामा  सामाजिक विषयवस्तुकाे उठान 

सोमबार, माघ २३, २०७९

काठमाडौँ– नेपाली चलचित्र निरमायाको प्रिमियर शो भएको छ ।

आइतवार चलचित्र विकास बोर्डमा फिल्मको प्रिमियर शो गरिएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दर्शकले चलचित्रले सामाजिक विषयवस्तुलाई राम्रोसँग उठाएको बताए ।

उनीहरूले समाजमा जातजातिबीच हुने विभेदलाई चलचित्रमा उठाइएको बताए । चलचित्रले दिन खोजेको सन्देश अहिलेको परिवेश र समाजमा चित्रित रहेकाले हरेक समाजलाई यो फिल्म देखाउन आवश्यक रहेको उनीहरूको बुझाइ छ । 

उनीहरूले दलित, उत्पीडितहरूको आवाज उठाएर समाजलाई सकारात्मक सन्देश फिल्मले दिएको बताए । उनीहरूले चलचित्र समाजको दर्पण भएकाले समाजको बोध गराउने भन्दै निरमायाले समाजमा दबिएर बसेका आवाजहरू बोलेको बताए । 

उनीहरूले सामाजिक मुद्दालाई फिल्मले उठाएको र यसले नयाँ जनमत बनाउने काम गरेको बताए । चलचित्रमा मनोविज्ञानको पक्ष कमजोर भए पनि घटनालाई प्राथमिकता दिएको दर्शकको प्रतिक्रिया छ । 

उनीहरूले यो चलचित्र समाज परिवर्तनका लागि वाहक बन्ने किसिमको रहेको बताए । समाजमा अहिले पनि जातीय विभेद रहेको र बोली र व्यवहारमा फरक भइरहेको समाजलाई परिवर्तन गर्न चलचित्र सक्षम रहेकाले सहरमा मात्रै सीमित नगरी देशका कुनाकुनामा प्रदर्शन गर्न सके समाज परिवर्तनमा सहयोग पुग्ने उनीहरूको धारणा छ । 

दर्शकले चलचित्रले समाजमा विद्यमान जातीय छुवाछूत र समाजका विकृतिहरूलाई कलात्मक रूपले प्रस्तुत गरेको बताए ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्