कन्याराशिका लागि अनावश्यक खर्च हुनसक्छ, यस्ताे छ अन्य राशिको आजको दिन

सोमबार, माघ २३, २०७९

आज २०७९ साल माघ २३ गते साेमबार । सन् २०२३ फेब्रुअरी ६ तारिख। नेपाल संवत् ११४३ । उत्तरायण ।  फाल्गुण कृष्णपक्षकाे  प्रतिपदा तिथी । चन्द्रमा कर्कट राशीमा । सूर्योदय ६:४९ । सूर्यास्त ५:४८ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम राेकिन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयाेगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसाेदेखि विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)   लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पनि पहिलेकाे उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)   पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तर मनग्य आम्दानी भए पनि परिस्थितिले खर्च बढाउन सक्छ। मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। पेसा-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीमा बाधा हुनेछ र सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  आअध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)   कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै नयाँ काम थालनी हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। साँझतिर केही चुनाैती देखापर्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तापनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिस्पर्धीहरू सहयाेगीका रूपमा देखापर्नेछन् ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार