पाकिस्तानी पूर्वराष्ट्रपति मुसर्रफकाे मृत्यु

आइतबार, माघ २२, २०७९

काठमाडाैँ– पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफकाे मृत्यु भएकाे छ । 

लामो समयदेखि बिरामी भएपछि आइतबार दुबईको १ अस्पतालमा उनकाे मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मुसर्रफका परिवारका सदस्यहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चा माध्यममा प्रकाशित समाचार अनुसार उनकाे एमाइलोइडोसिसका कारण मृत्यु भएको हाे।  उनी केही सातादेखि अस्पतालमा भर्ना भएका थिए ।

परवेज मुसर्रफ सन् १९९९ मा सैन्य कूपश्चात पाकिस्तानको १०औँ राष्ट्रपति भएका थिए ।

उनले १९९८ देखि २००७ सम्म साताैँ शीर्ष जनरलको रूपमा सेवा गरेका थिए । सन् १९६१ मा १८ वर्षको उमेरमा मुसर्रफ काकुलको पाकिस्तान मिलिटरी एकेडेमीमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्