भारतका एक पुरूष बच्चा जन्माउने तयारीमा....

शनिबार, माघ २१, २०७९

काठमाडाैँ – पुरूषले बच्चा जन्माउन लागेकाे छन् भन्दा कसैले पनि पत्याउँदैन । तपाइ पनि याे समाचारकाे शीर्षक हेरेर यस्तै अच्चम परिरहनु भएकाे हाेला । 

याे घटना हाम्रै छिमेकी भारतकाे हाे । भारतकाे केरला राज्यमा जेन्डर प्रत्याराेपण गरेर पुरूष महिला बनेका छन् । अहिले उनी गर्भवती पनि छन् । 

उनले मार्च महिनामै बच्चालाई जन्म दिनेछन् । बच्चा जन्मेपछि उनलाई ब्रेस्ट मिल्क बैंकमार्फत दूध खुवाउने योजना छ । यो ट्रान्सजेन्डर जोडी केरलाको कोझिकोडका बासिन्दा हुन्।

सहद र जिया पावल केरलाको कोझिकोडका ट्रान्सजेन्डर जोडी हुन्। र अब नयाँ यात्रा सुरु गर्न तयार छन्। ट्रान्सजेन्डर व्यक्तिले गर्भवती हुन उनको संक्रमण प्रक्रिया रोकेको छ। दम्पतीले अब मार्चमा आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरिरहेका छन्। जियाले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी हुन् । भारतमा ट्रान्सजेन्डर समुदायमा यो पहिलो घटना हो।

कोझिकोडकी शास्त्रीय नृत्य शिक्षिका जिया भन्छिन्, 'जब हामी ३ वर्षअघि सँगै बस्न थालेका थियौं, हामीले हाम्रो जीवन अन्य ट्रान्सजेन्डरभन्दा फरक हुनुपर्छ भन्ने सोचेका थियौं। अधिकांश दम्पतीहरू समाज र परिवारबाट बहिष्कृत हुन्छन्। हामी बच्चा चाहन्थ्यौं ताकि हाम्रो दिनपछि पनि यो संसारमा एक व्यक्ति होस्,' जियाले धेरै सोचविचारपछि बच्चा जन्माउने निर्णयमा पुगेको ताइन् ।

२३ वर्षीय सहद र २१ वर्षीया ट्रान्स युवती जिया विगत ३ वर्षदेखि सँगै बस्दै आएका थिए । 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्