'नम्बरी सुन' को छायांकन सुरु

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –निर्देशक राज गिरिको निर्देशनमा तयार हुन् लागेको चलचित्र 'नम्बरी सुन' को छायांकन सुरु भएको छ । ललितपुरस्थित सिकाली डाँडाको सिकाली मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन शुरु गरिएको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा 

नारायण खातीको कथा तथा निर्माण रहने छ।  गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामांग, किरण नेपाली, सविन बास्तोला ,लगायतका कलाकारको मुख्य भूमिका रहने यस चलचित्रमा  राजु गिरिले  ७० वर्ष अघिको कथा चित्रण गर्ने भएको छ। 

चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्