निफको जुरीमा प्रियङ्का र इन्द्रलाल

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन्। 

निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित भएको जानकारी दिए । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गरेकी छन् भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुन्। 

आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा ५ जना जुरीमध्ये ३ जना विदेशी चलचित्र निर्माता हुनेछन् । 

यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्रिया) समेत आयोजना गरिने छ । 

नेपाल र विदेशी निर्माताबीच यस्तो महोत्सवले सद्भाव बढाउनेछ’, अध्यक्ष पाठकले भने । 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्