चलचित्र ह्यारी की प्यारी प्रदर्शनमा

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ– नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।

चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ ।

फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिका छ । डा. कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।

दन्त चिकित्सकसमेत रहेका डा. रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् । 

फिल्ममा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ ।

सुदीप बरालले छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्