अभिनेत्री जेविका कार्कीले गरिन् टीकाटालो

बिहीबार, माघ १९, २०७९

काठमाडौँ –अभिनेत्री तथा मोडल जेविका कार्कीले चलचित्र निर्माण नियन्त्रक मनोज जोशीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । उनीहरूबीच बुधबार टीकाटालो भएको छ ।

कार्कीले पेप्सीकोलास्थित आफ्नै घरमा आफन्त र नजिकका साथीभाइको उपस्थितिमा जोशीसँग टीकाटालो गरेकी हुन् । ४ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् ।

उनीहरूले आगामी फागुन ४ गते विवाह गर्ने र ७ गते रिसेप्सन पार्टीको आयोजना गरेका छन् ।

कार्कीले ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’ र ‘जन्मभूमि’जस्ता फिल्ममा काम गरिसकेकी छन् भने उनको पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ थियो ।


 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्