यस्तो छ आजको राशिफल

बिहीबार, माघ १९, २०७९

आज २०७९ साल माघ १९ गते बिहीबार। सन् २०२३ फेब्रुअरी २ तारिख। नेपाल संवत् ११४३ । उत्तरायण ।  माघ शुक्ल  पक्षकाे  द्वादशी तिथी । चन्द्रमा मिथुन राशीमा । सूर्योदय ६:५१ । सूर्यास्त ५:४५ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  विचारले अरूलाई प्रभावित पार्न सकिनेछ। आर्थिक र बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। कामले मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत प्राप्त हुने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।  लाभांश अरूका लागि खर्चनुपर्ने अवस्था आउन सक्छ। तारिफयोग्य कामको यश भने प्राप्त हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  मनग्य आम्दानी भए पनि प्राप्त रकम परिस्थितिवश खर्चनुपर्ला। मिहिनेत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझतिर नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। आयस्रोत सबल बन्नेछ। श्रम परे पनि साँझदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले भने साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ।भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। साथीभाइसँग भेटघाट हुनेछ। तर सरसापटमा केही रकम बाहिरिन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। 

 मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)   परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला।  ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। तापनि आँटले लक्ष्यमा पुर्याउन सक्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)   बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। मान्यजनसँग असमझदारी बढ्ने सम्भावना छ। साँझतिर स्थतिमा आंशिक सुधार आउनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले थप अवसर दिलाउन सक्छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने स्थति कमजाेर बन्नेछ। आफन्त र साथीभाइसमेत टाढिन सक्छन्।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्