पठानले ६ दिनमै कमायो ६ सय करोड

मंगलबार, माघ १७, २०७९

काठमाडौं –बलिउड अभिनेता शाहरूख खानको फिल्म पठानले ६ दिनमा ६ सय करोड भारतीय रुपैयाँ कमाएको छ ।

ट्रेड एलालिस्ट रमेश बालाका अनुसार पठानले ६ दिनमा विश्वव्यापी बक्स अफिसमा ६०० करोड आँकडा पार गरेको छ । पठानको विश्वव्यापी कूल संकलन मात्र ६ दिनमा ६०० करोड पार गर्नु पठानका लागि ठूलो सफलता हो ।

पठानले आइतबार भारतमा ६०.७५ करोड कमाएको थियो । यो कमाइमा पठानको हिन्दी कलेक्सन ५८.५ करोड थियो । तर, सोमबार फिल्मको कमाइ आधारभन्दा कम भएको छ । तर, संकलन भने राम्रो भइरहेको छ ।

ट्रेड एलालिस्ट बालाका अनुसार छेठौं दिन पठानको कमाइ २५ करोड हाराहारी भएको छ । यो सँगै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको छ ।

शारूखानले आफ्नो कमब्याक फिल्म पठानबाट इतिहासको पानामा गहिरो छाप छाडेका  छन् । रिलिज भएदेखि पठानले हरेक दिन नयाँ कीतिमान बनाइरहेको छ ।

फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय छ । शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका  छन् भने जोन भिलेनको भूमिकामा छन् । 

निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्