रियालिटी शो ‘हिमालय रोडिज’को पाचौँ सिजन प्रशारण हुने

सोमबार, माघ १६, २०७९

काठमाडौँ– एडभेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को पाचौँ सिजन प्रशारण हुने भएको छ ।  

सोमबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम राख्दै निर्माण पक्षले ‘हिमालय रोडिज’को पाचौँ सिजन प्रशारण हुने जानकारी दिएका छन् । 

पाचौँ सिजनलाई कार्यक्रम प्रस्तोता तथा कलाकार सुरजसिंह ठकुरीले सञ्चालन गर्ने भएका छन् । निर्माण पक्ष र ठकुरीबीच आजै सम्झौता सम्पन्न भएको छ ।

आफुलाई कार्यक्रम सञ्चालकको रुपमा चिनाउदै ठकुरीले भने, ‘नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइजको ट्रेण्ड छ । पहिलेदेखि नै यसको एक हिस्सा बन्न सकौँ भन्ने लागेको थियो ।’ 

‘२२ बर्षको अनुभवमा आफ्नै निर्माण र आफ्नै ब्यानरको कार्यक्रममात्र संचालन गरेको थिए । पहिलो पटक अरुको निर्देशनमा काम गर्न लागेको छु,’ ठकुरीले भने,  ‘यस कार्यक्रम सञ्चालनलाइ एक चुनौतीको रुपमा लिएको छु । दर्शकलाई निराश बनाउँदिन ।’ 

निर्माण पक्ष हिमालय टेलिभिजनका महाप्रबन्धक गोबिन्द ढकालले हिमालय रोडिज’को कार्यक्रमप्रति दर्शकको आकर्षण र रुचिले विश्वस्तरीय रियालिटी शो पाइपलाइनमा रहेको बताए ।

आउँदो नयाँ बर्षबाट पाचौँ सिजनको कार्यक्रम प्रशारण हुने निर्माण पक्षले बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्