नेभिगेशन
अर्थतन्त्र विविध

आन्तरिक उडानको लागि निगमले थप विमान खरिद गर्न आवश्यक छः अधिकारी

काठमाडौँ– नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताएका छन् ।


सोमवार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताएका हुन् । उनले वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको बताए । 

 

उनले निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए । अधिकारीले निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण गर्ने बताए ।

 

उनले निगमको आर्थिक अवस्थाले ३ वटासम्म विमान किन्नसक्ने भएकाले निगम आन्तरिक उडानको लागि जहाज थप्ने तयारीमा रहेको भन्दै सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको बताए । उनले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र निगमको सुधारमा तिब्रता ल्याउनु रहेको बताए । उनले राज्यले राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको बताए । 


उनले भने,‘ नेपाल वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाएर लैजाने कार्ययोजनाहरु रहेका छन् । जुन मन्त्रीज्युलाई र मन्त्रालयलाई प्रश्तुत गरेर अगाडि बढ्छौं । निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा आन्तरिक उडानको लागि विमान (एयरक्याफ्ट) हरु थप गर्नुपर्छ । नेपाल वायुसेवा निगमको नेपाली जनतालाई सुरक्षित सेवा दिने कर्तव्य हो ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध