सेयरधनीलाई चिलिमेको १५ प्रतिशत लाभांश

बुधबार, मंसिर २१, २०७९

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । हिजो मंगलबार बसेको कम्पनी सञ्चालकको बैठकले आथिृक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


कम्पनीको सञ्चालक समितिले प्रस्तावित लाभांश २२ पुसमा हुने २६ औं वार्षिक साधारणसभामा लैजाने जनाएको छ। साधारणसभा प्रयोजनको लागि ३ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्