नेभिगेशन
जीवनयापन

नियम विपरित संचालित १४ स्कुल बसलाई कारवाही

काठमाडौँ–ट्राफिक प्रहरीले आज पनि विभिन्न विद्यालयले सञ्चालन गरेका बसहरुलाई कारवाही गरेको छ। ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले मादक पदार्थ सेवन गरेर सवारी चलाईरहेको अवस्थामा उनीहरुलाई कारवाही गरिएको जानकारी दिएका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान साउन ८ गतेदेखि नै संचालन गरिएको छ। आजसम्म काठमाण्डौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १४ वटा स्कुल बसलाई कारवाही गरिएको एसएसपी भट्टले जानकारी दिए । उनका अनुसार विभिन्न स्कुलका ६ वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको छ । आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै