नेभिगेशन
जीवनयापन

सप्तकोसीको बाढी प्रभावित क्षेत्रलाई 'विपद् संकटग्रस्त क्षेत्र' घोषणा

काठमाडौं– सरकारले सप्तकोसीको बाढीबाट प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विगतदेखि बर्सेनि बाढीले क्षति गर्दै आएको हुँदा सप्तकोसी आसपासको भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यस्तै बिहीबारकै बैठकले विश्व बैंकबाट नेपालको हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १२ अर्ब ७० करोडका ऋण सहायता स्वीकृत गरेको उनले बाए। साथै सरकारले निजामती कर्मचारी, प्रहरी, सेना, सशस्त्र प्रहरी र शिक्षकसमेतको नयाँ तलबमान स्वीकृत गरेको उनले जानकारी दिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै