नेभिगेशन
जीवनयापन

फोहोर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न बालेनलाई योगेशको आग्रह

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले फोहोर व्यवस्थापनको लागि नेकपा एमालेसँग सहकार्य गर्न काठमाडौँका मेयर बालेन्द्र शाहलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै पूर्व मन्त्रीसमेत रहेका भट्टराईले सरकारको भर नपर्न समेत बताएका हुन । इतिहासमै ७१ दिनसम्म काठमाडौँको फोहोर नउठेको भन्दै सचिव भट्टराईले यसअघि १४ दिनसम्म फोहोर नउठेको कुरा स्मरण गरे । उनले भने, ‘यसअघि काठमाडौँको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो । प्रधानमन्त्रीले कुनै पहल गर्नु भएको छैन। सम्बन्धित मन्त्रीहरु वेखरब छन् ।’ काठमाडौँ डुङडुङ गन्हाउने भइसक्दा पनि फोहोरका बारेमा सरकार बेखबरमात्र नभएको होइन सरकारको फोहोर उठाउने हुती समेत नभएको भट्टराईको टिप्पणी छ । उनले कामनपाका मेयर बालेन्द्र शाहलाई एमालेसँग सहकार्य गर्न आग्रह गर्दै उनले सरकारको ध्यानाकर्षण नगर्ने जानकारी दिए । उनले भने, ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्न । काठमाडौँका मेयर बालेन शाहलाई भन्न चाहान्छु । आउनुहोस् ठोस प्रस्तावसहित । नेकपा एमालेसँग भिजन छ, दृष्टिकोण छ, एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदि तपाई सरकारको भर पर्नु भयो भने असफल हुने निश्चित छ । काठमाडौँको बर्वादी हुने छ। सांस्कृतिक शहर काठमाडौँको सबै मिलेर रक्षा गरौँ ।’ महानगरले साउनदेखि कुहीने र नकुहीने फोहोरलाई उत्पादन स्थलमै छुट्याएर राख्न अनुरोध गरेको थियो । कामनपाका सहायक प्रवक्ता महेश काफ्ले वर्षायाम भएको र बञ्चरे डाँडा जाने बाटोमा समस्या भएका कारण फोहोर उठ्न नसकेको जानकारी दिन्छन् । यसअघि एक कार्यक्रममा मेयर बालेन्द्र शाहले सिसडोलमा भएको फोहोरका गाडीहरुमाथि भएको तोडफोडलाई लिएर ध्यानाकर्षण भएको जनाउँदै जसरले तोडफोड गरेका हुन् उनीहरुलाई नै क्षतिपूर्ति दिलाउने बताएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै