नेभिगेशन
जीवनयापन

काठमाडौँमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र कोरिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । “पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ, “सबै नदीमा जलसतह बढ्दो छ, मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्छ । अर्को तीन घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं ।” यसैबीच, देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश(१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ् नसक्ने र दैनिक जनजीवन हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै