नेभिगेशन
जीवनयापन

एआईजी पोखरेलको राजीनामा अस्वीकृत, आजदेखि अवकाशमा

काठमाडौँ -नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अवकाश पाएका छन् । पोखरेलले एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा

राजीनामा बुझाएका थिए । एआईजीको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । मन्त्रिपरिषदमा गृह मन्त्रालयले प्रस्ताव लैजानु पर्छ । तर उनको राजीनामा पत्र गृह मन्त्रालयमा पठाइएन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै