नेभिगेशन
जीवनयापन

परराष्ट्र मन्त्रालयले भन्यो- चीन-ताइवानको विषयलाई नजिकबाट नियालिरहेका छौं

काठमाडौं - परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि जानकारी दिइन् ।

‘चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ ।’ प्रवक्ता लम्सालले भनिन्, ‘दुवै मुलुकले सम्मान गर्दै आएका छन् । नेपाल अन्तर्राष्ट्रिय शान्तिको पक्षमा छ ।’

यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने बताउँदै प्रवक्ता लम्सालले चीन र नेपालबीच हुने सम्झौताबारे पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइन् । ‘परराष्ट्रमन्त्रीको चीन भ्रमणमा हुने सम्झौता तत्काल भन्न मिल्दैन । त्यसको लागि समय र परिस्थिति अनुकुल हामी बीचमा पुनः पत्रकार सम्मेलान गरेर जानकारी दिन्छौं, धैर्य गर्नु हुन अनुरोध छ ।’ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।

यस्तै अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे संसदमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिइसके भन्दै उनले यसबारेमा थप बोल्न नमिल्ने बताइन् । यस्तै २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ वटा राजदूतहरुको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरु नियुक्त भएर गइसकेको र म्यानमार र मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले जानकारी दिएकी छन् ।यस्तै राहदानी र कन्सुलर विभागमा चाँडै अनलाइनमार्फत सेवा दिने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै