नेभिगेशन
जीवनयापन

परराष्ट्रमन्त्री डा.खड्का चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ (अगस्ट ९ देखि ११) गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको मन्त्रालयले आज जनाएको हो । दुवै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजसमेत आयोजना गर्नेछन् । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै