नेभिगेशन
जीवनयापन

चिनियाँ राजदूत यान्छीलाई गृहमन्त्री खाँणले भने, ‘नेपाल एक चीन नीतिका पक्षमा छ’

काठमाडौँ - चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा आज (शुक्रबार) भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाँणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौं ।’ उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताएका छन् । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताएकी छन् । सरकारले बिहीबार मात्रै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकामा चीनले खुशी व्यक्त गरेको राजदूत यान्छीले बताइन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाका पक्षमा चीन सदैव रहने उल्लेख गर्दै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् । उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाँणलाई गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै