नेभिगेशन
खेलकुद

भारतको रोमान्चक जित

एजेन्सी– भारतले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । वेस्टइन्डिजलाई जितको लागि अन्तिम ओभरमा १४ रन चाहिँएको अवस्थामा मोहम्मद शिराजाले एक चौकासहित ११ रन खर्चेपछि भारतको जित पक्का भएको हो ।

वेस्टइन्डिजका ओपनर काईल मेयर्सले ६८ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाए । ओपनर शाई होप ७ रनमै आउट भएका थिए ।

भारतका मोहम्मद शिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले दुई दुई विकेट लिए । त्यसअघि क्विन पार्क ओभलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनायो । भारतका कप्तान शिखर धवन ९९ बलमा १० चौका र ३ छक्कासहित ९७ रनमा आउट भए । अर्का युवा ओपनर शुभमन गिल ५३ बलमा ६ चौका र २ छक्कासहित ६४ रनमा आउट भए ।

श्रेयस ऐर ५७ बलमा ५ चौका र २ छक्कासहित ५४, सूर्यकुमार यादव १३, सन्जु स्यामसन १२, दीपक हुडा २७ र अक्षर पटेल २१ रनमा आउट भए । वेस्टइन्डिजका अल्जारी जोशेफ र गुडाकेश मोटीले दुई दुई विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद