नेभिगेशन
खेलकुद

कर्मालाई हराउँदै एन्फा अध्यक्षमा पंकज निर्वाचित

काठमाडौँ-अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौँमा साेमबार भएकाे निर्वाचनमा बर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्बाङ अध्यक्ष निर्वाचित भएका हुन् । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले ४५ र शेर्पाले ३९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले कुनै मत प्राप्त गरेनन । निर्वाचनमा सबै अर्थात ८४ जना मतदाताले नै मतदान गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद