नेभिगेशन
खेलकुद

नेपाललाई बहराइनले दियो १५ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले १५ रनको झिनो लक्ष्य पाएको छ ।

मलेसियामा जारी खेलमा बहराइन जम्मा १४ रनमै समिएपछि नेपालले झिनो लक्ष्य पाएको हो । नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिन पुग्यो ।

खेल वर्षाका कारण ७–७ ओभरमा घटाइएको छ । मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे ।

बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।

समूह ‘बी’ मा रहेको नेपाल २ खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद