नेभिगेशन
खेलकुद

हिमाल र उषाले उचाले पोखरामा आयोजित साइक्लिङ प्रतियोगिताको उपाधि

पोखरा– पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा भएको राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि हिमाल टमाटा र उषा खनालले उचालेका छन् । टमाटा नेपाल आर्मीको तर्फबाट सहभागी जनाएका हुन् । टमाटाले निर्धारित ४५ किलोमिटरको दूरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेका एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसैगरी कास्कीका हिक्मत विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । महिलातर्फको उपाधि उषा खनालले जितेकी छन् । उनले निर्धारित दूरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पूरा गरिन् । त्यसै गरी ३ घण्टा ३३ मिनेट ७ सेकेण्डमा दूरी पूरा गर्दै लक्ष्मी मगर दोस्रो र ४ घण्टा ५ मिनेट ३ सेकेण्डमा दूरी पूरा गर्दै इन्द्रकुमारी तामाङ तेस्रो भइन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ । प्रतियोगितामा महिला तर्फ ५ र पुरुषतर्फ ७६ जना गरी ८१ जना खेलाडीले सहभागीता जनाएका थिए । साइक्लिङ प्रवर्द्धन गर्ने उद्देश्यसहित साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता भएको हो । पोखरा १६ मा रहेको कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकी डाँडालगायत ठाउँ हुँदै पुन कालीखोलाको पुलमै आएर टुङ्गिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेललाई प्रवर्द्धन गर्न आउँदो बजेटमा थप नयाँ कार्यक्रमहरु ल्याउने बताए । अन्तिम अपडेटस् असार ४, २०७९
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद