नेभिगेशन
जीवनयापन

त्रिविमा पोहोर र अहिलेको प्रश्नपत्र हुबहु

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले एकै तह र एकै विषयको दुई भिन्न परीक्षामा हुबहु प्रश्न सोधेको भेटिएको छ ।  विश्वविद्यालयले लिएको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत अर्थशास्त्र विभागको स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनमिक्स’ विषयको परीक्षामा यसवर्ष र गत वर्ष उही प्रश्न सोधेको पाइएको हो ।  अहिले चलिरहेको २०२१ को फाइनल परीक्षामा सोधिएका प्रश्नहरू सोही विषयको २०२० अर्थात अघिल्लो वर्ष सोधिएको प्रश्नसँग हुबहु मिल्दछन् ।  [caption id="attachment_119197" align="alignnone" width="850"] पाेहाेरकाे प्रश्नपत्र[/caption] [caption id="attachment_119196" align="alignnone" width="850"] यसपटककाे प्रश्नपत्र[/caption] प्रश्नमा पहिलो समुहको पहिलो प्रश्न हुबहु छ भने दोस्रो प्रश्नमा ‘एक्सप्लेन’को ठाउँमा ‘डिस्क्राइब’ लेखिएको छ । शब्द फरक भएपनि यी दुईको अर्थ एकै हुन्छ । अर्थात विद्यार्थीले ‘डिस्क्राइब’ गर्नु र ‘एक्स्प्लेन’ गर्नु सारमा उही हो ।  तेस्रो प्रश्नमा गतवर्ष नेपाल जस्तो विकासोन्मुख देशमा वित्तीय नीतिका औजारहरूको उपयोगिताबारे ‘एक्स्प्लेन’ गर्न भनिएकोमा यसपटक यहीबारे ‘डिस्क्राइब’ गर्न भनिएको छ ।  त्यस्तै समुह बीका चार, पाँच र छ नम्बरको प्रश्न हुबहु छ भने सातौँ नम्बरमा गत बर्ष सोधिएको ‘डिस्क्राइब’को ठाउँमा ‘एक्स्प्लेन’ राखिएको छ । त्यस्तै आठ नम्बरमा पनि डिस्कसको ठाउँमा एक्स्प्लेन राखिएको छ ।  ११ नम्बर प्रश्नमा पनि एउटा शब्द फेरेपनि प्रश्नको सार उही छ । १२ नम्बरमा फेरि एक्स्प्लेनको ठाउँमा डिस्क्राइब शब्द फेरिएको छ । के भन्छ त्रिवि  ? दुईवटा फाइनल परीक्षामा प्रश्नहरू दोहोरिनु त्रुटि भएको त्रिविको मानविकी शास्त्र सङ्कायमा सहायक डिन ताराप्रसाद भुसालले बताए । क्यानडा नेपालसँगको कुराकानीमा उनले भने, ‘यो त्रुटि हो, यस्तो कसरी हुन गयो भनेर हामी छानबिन गर्छौँ ।’ हरेक वर्ष कुन प्रश्नको सेट सोधिन्छ भन्ने कसैलाई पनि थाहा नहुने भएपनि उस्तै प्रश्न दोहोरिनु त्रुटि भएको उनको भनाई छ । ‘परीक्षा दिने विद्यार्थीहरू पोहोर र अहिले फरक फरक छन्, तर पनि यस्तो कसरी हुन गयो भनी हामी अब छानबिन गर्छौँ’ उनले भने । परीक्षाका लागि विज्ञहरूसँग मागिने विभिन्न सेट प्रश्नहरू मध्ये कुन प्रश्न कहिलेको परीक्षामा सोधिइन्छ भन्ने थाहा नहुने त्रिविले दाबी गर्दै आएको छ । तर पोहोर र अहिले सोधिएका प्रश्नहरूमा केही शब्द भने फेरिएका छन्, भलै त्यसको अर्थ भने उस्तै लाग्छ । तस्बिर: शिक्षा पेजबाट     
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै