नेभिगेशन
समाचार

सरकारद्वारा पाँचजना सचिवको सरुवा, यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौँ - सरकारले पाँचजना सचिवको सरुवा गरेको छ । मन्त्रीपरिषदको बैठकले सचिवहरू रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशिलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देलको सरुवा गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्र, खानेपानी मन्त्रालयका आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रधानमन्त्री कार्यालयका गेलाललाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको हो । त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रका तिवारीलाई उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र नेपाल ट्रस्टको कार्यालयका सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको हो । यस्ता छन् मन्त्रीपरिषदको बैठकका निर्णयहरु
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार